झापाको लगातार दोस्रो जित
मंगलबार, १३ बैशाख २०७९खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ओसिस क्लबलाई १-० ले हराउँदै झापाले लगातार दोस्रो जित निकालेको हो ।
झापाको जितमा पुजन राईले निर्णायक गोल गरे । उनले खेलको आठौं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ४५ औं मिनेटमा कबिरस तामाङले रातो कार्ड पाएपछि ओसिस १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै झापाले २ खेल ६ अंक जोडेको छ । पहिलो खेलमा झापाले समाज कल्याण खेलकुद केन्द्रलाई हराएको थियो ।
ओसिसको यो लगातार दोस्रो हार हो ।
पहिलो खेल ओसिस सानेपासँग पराजित भएको थियो ।
झापाको लगातार दोस्रो जित





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)





