काठमाडौं । समाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक 'सी' डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा मंगलबार रानीबन स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले हराउँदै समाज कल्याणले पहिलो जित निकालेको हो ।
समाज कल्याणलाई जित दिलाउन पुस्कर खड्काले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
जितसँगै समाज कल्याणले २ खेलमा ३ अंक जोडेको छ ।
रानीबारीको यो पहिलो हार हो । रानीबारीले २ खेलमा ३ अंक नै जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।