काठमाडौं । इटालियन क्लब युभेन्ट्सले अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारिया अनुबन्धको तयारी गरेको छ ।
युभेन्ट्सले डी मारियालाई अनुबन्धको प्रस्ताव गरेको डेलीमेलले जनाएको छ । युभेन्ट्सले फ्री ट्रान्सफरमा डी मारियालाई अनुबन्धको योजना बनाएको हो ।
युभेन्ट्सले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर डी मारियालाई एक वर्षको सम्झौताका लागि प्रस्ताव गरेको बताईएको छ ।
डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए ।
तर, ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै क्लब छाड्ने योजना बनाएको बताईएको छ ।