काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र लिड्स युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
सोमबार राति भएको खेलमा प्यालेस र लिड्सले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा रोकियो ।
यस बराबरीसँगै प्यालेसले ३३ खेलमा ३८ अंक जोडेको छ ।
क्रिस्टल १४ औं स्थानमा रहेको छ ।
लिड्स ३४ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।