चिलिनीद्वारा सन्यास घोषणा
मंगलबार, बैशाख १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
३७ वर्षीय डिफेन्डर चिलिनीले आगामी जुनबाट सन्यास लिने घोषणा गरेका छन् ।
चिलिनीले वेम्बली स्टेडियममा हुने इटाली र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेलपछि सन्यास लिने बताएका हुन् ।
'वेम्बलीको खेलपछि राष्ट्रिय टिमका लागि गुड बाइ भन्छु,' चिलिनीले भनेका छन् ।
चिलिनीको कप्तानीमा इटालीले युरो-२०२० को उपाधि जितेको थियो ।
तर, इटाली कतार विश्वकपमा छनोट हुन असफल भएको छ ।
चिलिनीले इटालीका लागि १ सय १६ खेल खेलिसकेका छन् ।
उनले इटालीका लागि २००४ मा डेब्यु गरेका थिए ।
चिलिनीद्वारा सन्यास घोषणा










-1763309767672.webp&w=3840&q=75)


