बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्जित र मनीता उत्कृष्ट खेलाडी

आइतबार, २७ चैत्र २०७८खेलपाटी संवाददाता
सन्जित र मनीता उत्कृष्ट खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । सन्जित डंगोल पुरुष र मनीता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए ।  दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए ।

उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दपिकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस्दै आएका पूर्व जुडो खेलाडी अभिनव राणाले जनही ५ हजार नगद पुरस्कार प्रदान गरे ।

उत्कृष्ट प्रशिक्षक चन्दलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा नेपाल जुडो संघका कोषाध्यक्ष विपिनप्रसाद श्रेष्ठले नेपाल जुडो संघका उपाध्यक्ष समेत रहेका संस्थापक खड्गबहादुर दाहाललाई सम्मान स्वरुप ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

सोही अवसरमा अस्ट्रेलिया बसोवास गर्ने जुडो खेलाडी मोहन बमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोका स्वर्ण पदक विजेता देवीका खड्का र पुनम श्रेष्ठलाई उपलब्ध गराएको नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

मोहनले जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित मार्फत नगद पुरस्कार उपलब्ध गारएका हुन् । उनले नै खेलाडीलाई समान १५ हजार नगद पुरस्कार हस्तान्तरण गरे । मोहनले प्रतियोगितामा महेन्द्रनगरबाट सहभागी खेलाडीलाई एकतर्फी भाडा स्वरुप ५ हजार रुपैयाँ पनि सहयोग गरेका थिए ।

प्रतियोगिताको अन्तिम दिन ७ स्पर्धाको फाइनल भयो । पुरुष ८१ केजीमुनि नेपाल आर्मीका जंगबहादुर सारु पहिलो भए । उनले प्रहरीका मिलन खातीलाई पराजित गरे । कैलालीका योगेन्द्र विष्ट र प्रहरीका मधु रोका मगर तेश्रो भए । ९० केजीमुनि प्रहरीका मनीष महतोले फाइनलमा आर्मीका कपिल सापकोटालाई हराउदै पहिलो स्थान हात पारे ।

पीजेडीका मुकेशकुमार ठाकुर र आर्मीका सुजन गुरुङ तेश्रो भए । १०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले स्वर्ण   जिते । उनले फाइनलमा आर्मीका रमेश चन्दलाई पाखा लगाए । पीजेडीका हिमान्शु गुप्ता र बाँकेका निराजन क्षेत्री पौडेलले कांस्य हात पारे । १०० केजीमाथि प्रहरीका राजन जोशीले फाइनलमा आर्मीका रन्जेश गोलेको चुनौती पन्छ्याउदै शीर्ष स्थानमा रहे । बाँकेका प्रनितजंग सिंह तेश्रो भए ।

नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो, आर्मीकै सरिता श्रेष्ठ दोश्रो तथा प्रहरीकी निशा चौधरी र कास्कीकी निर्जला मल्ल तेश्रो  भए । ७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले स्वर्ण जितिन् । फाइनलमा दीपाले आर्मीकी विनिता मगरलाई निराश पारिन् । आर्मीकै रचना श्रेष्ठ र बाँकेकी सम्झना चौधरी तेश्रो भए । ७८ केजीमाथि आर्मीकी आकृति जोशीले मकवानपुरकी अस्मिता गोलेको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन् ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 

Loading ad...
LiNing Ad
सन्जित र मनीता उत्कृष्ट खेलाडी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

च्याम्पियन्स लिगबाट बाहिरिएपछि रेफ्रीप्रति असन्तुष्ट रियलका प्रशिक्षक

लालीगुराँस क्वार्टरफाइनलमा

लालीगुराँस क्वार्टरफाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

पूर्वविजेता झापा ११ विराट गोल्डकपको फाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

आयोजकलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित