काठमाडौं । अब त यो तय जस्तै भइसकेको छ, क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी विश्व फुटबलका विवादरहित राजा रहेनन् । पछिल्लो १० वर्षको समय यिनै दुई खेलाडीले विश्व फुटबलमा आफ्नो वर्चश्व कायम राखे । अब नयाँ युग सुरु भएको छ र यी दुई खेलाडीको स्थानमा उत्तिकै नयाँ अगाडि आइरहेका छन् । प्रश्न उठ्छ, अब फुटबलको नयाँ राजा को हो त रु रोनाल्डो र मेसीकै समयमा पनि अन्य प्रतिभाशाली खेलाडी नआएका होइनन् ।
तर जति बेला यी दुई खेलाडीले आफ्नो खेल जीवनको अन्त्य गर्नेछन्, त्यति बेला सबैले एकै मुखले भन्ने छन्, रोनाल्डो र मेसी जत्तिको खेलाडी त कोही पनि रहेन् । यो दाबीमा दुई मत राख्ने विरलै होलान् । कसैले रोखेमा पनि उल्टै त्यसमाथि विमती राख्न सकिनेछ । तर एउटा सबैभन्दा ठूलो सत्य के हो भने सबथोकको एक दिन अन्त्य हुनु पर्छ, कुनै केही पनि सधैंका लागि हुन्न । कोही अजर र अमर भएको भए कुरा बेग्लै हुने थियो ।
अब लाग्न थालेको छ, रोनाल्डो र मेसीमाथि तिनको उमेर हामी हुन थालेको छ । यो सिजनको सुरुमा संयोगले दुवैले नयाँ अनुबन्ध गरे, परिस्थितिले तिनलाई नयाँ बाटो रोज्न बाध्य पारेको थियो । त्यो त आफ्नो पुरानो क्लब नै सही नयाँ गन्तब्धका रूपमा रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई रोजे । सन् २००९ मा सफलताका उत्कर्षमा पुगेर उनले म्यानचेस्टर छाडेका थिए । त्यति बेला म्यानचेस्टरले एकपछि अर्को सफलता चुमिरहेको थियो ।
अब त त्यस्तो दिन पनि रहेन् । न त रोनाल्डोले म्यानचेस्टर आएयता क्लबको भाग्य फेर्ने केही गर्न सकेका छन् । त्यसो त रोनाल्डोले म्यानचेस्टरको दिन फर्केछन् भनेर विश्वास पनि कसको थियो र रु यता मेसी पनि बार्सिलोना बसिरहन सकेनन् । उनले पेरिस सेन्ट जर्मेन (पीएसजी) को हात थामे, जहाँ उनका पुराना विश्वासिला साथी नेयमार खेलिरहेका थिए । पीएसजीमा पनि मेसीको प्रदर्शन त्यस्तो रहेको छैन्, जस्तो कुनै समय बार्सिलोनाका लागि हुने गथ्र्यो ।
तर अब समय आएको छ, विश्व फुटबलमा परिवर्तनको । सायद नेयमारको खेल जीवन पनि अब त्यति धेरै लामो रहने छैन् । रोनाल्डो र मेसीलाई छाडेर अहिले तत्काल विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक हुन्, यी ब्राजिली नेयमार । तर निर्णायक मोडमा अहिलेसम्म नेयमारले त्यस्तो केही ठूलो जादु देखाएका छैनन् । तिनको नखरा नै बढी भन्ने पनि त छन् । खासमा कुरा के हो भनेको केही महिना दिनमा हामीले नयाँ युवा खेलाडीबाट केही ठूलो अपेक्षा गर्न सक्छौं ।
र, यहाँनिर भन्नै पर्ने कुरा के हो भने अब सायद विश्व फुटबलमा कोही एक खेलाडीको वर्चश्व हुने छैन्, जस्तो रोनाल्डो र मेसीको थियो । यसको कारण के हो भने भन्दा विश्व जसरी अहिले फेरिएको छ, त्यस अनुसार कोही एक खेलाडीले ठूलो अर्थ राख्नुको स्थानमा खेल आफै टिममा केन्द्रित हुन थालेको छ । अचेल टिम कोही एक खास खेलाडीमा भर पर्न छोडेको छ, बरू टिममा सबै खेलाडीले खास खास जिम्मेवारी निभाउने गरेका छन् र त्यो टिमकै लागि केन्द्रित रहेको स्थिति छ ।
अहिले तत्कालका लागि धेरैको ध्यान दुई खेलाडीमा जान सक्छ, त्यसमा सबैभन्दा पहिलो नाम त केयलिन एमबापे नै भयो, अर्को नाम इर्लिङ हल्यान्ड भयो । सबैको नजर अचेल यिनै दुई खेलाडीमा छ भन्दा परक पर्दैन् । भन्न सुरु भएको छ, अबको दशक यी दुई खेलाडीले विश्व फुटबल हाँक्न सक्नेछन्, यदी यी दुईले ठीक क्लब पाए भने । त्यसैले बार्सिलोना, म्यानचेस्टर सिटीदेखि रियल म्याड्रिड जस्ता टिमले यी दुई खेलाडीमा नजिकबाट हेरिरहेको छ ।
अनि अर्को मुख्य कुरा के पनि हो भने अहिले धेरै क्लबले आफ्ना उत्पादनलाई अगाडि बढाउन खोजिरहेको छ र त्यसमा अधिकांस यू २३ स्तरका खेलाडी छन् । विश्वास के पनि छ भने यी यू २३ का खेलाडीमध्ये केहीले अबको केही समयमा विश्व फुटबलमा तहल्का मच्चाउन सक्छ । निचोड के भने हो यसपल्टको विश्वकपपछि रोनाल्डो र मेसीको युग सकिने छ र सबैको ध्यान केन्द्रित हुनेछ, अबको फुटबलको नयाँ राजा को हो भनेर । र, यो राजा फरक फुटबल परिस्थितिको हुनेछ ।
–मार्काको सहयोगमा ।