काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा बाँसबारी क्लब र विरगंज युनाईटेडले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा बाँसबारी र विरगंजले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
खेलको दशौँ मिनेटमा कोमल खवासले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७३ औं मिनेटमा कृपाकान्त महतो थारुले गोल गर्दै विरगंजलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै बाँसबारीले ६ खेलमा ६ अंक जोडेको छ ।
विरगंजले ६ खेलमा ७ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।