काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लबले पहिलो हार व्यहोरेको छ ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा श्री भगवती क्लबसँग २-१ ले पराजित हुँदै पहिलो हार व्यहोरेको हो ।
खेलको १६ औं मिनेटमा रुपेश क्षेत्रीले पेनाल्टीमा गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २० औं मिनेटमा राज काङ्गदङ्वाले गोल गर्दै चर्च ब्वाइजलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ६० औं मिनेटमा सुनिल श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए ।
यस जितसँगै श्री भगवती लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
श्री भगवतीले ६ खेलमा १३ अंक जोडेको छ ।
चर्च ब्वाइज ६ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शीर्ष दुई टोली 'ए' लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।