काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी किन्नका लागि आधा दर्जन धनाढ्य र कम्पनिले बोलपत्र पेश गरेका छन् ।
चेल्सी किन्नका लागि आधा दर्जन कम्पनि र धनाढ्यको बोलपत्र पेश भएको बीबीसीले जनाएको छ ।
चेल्सी किन्नका लागि शुक्रबारसम्म बोलपत्र पेशको समय तोकिएको थियो ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले तीन साता अघि क्लब बेच्ने घोषणा गरेका थिए ।
लण्डन क्लबका मालिक रोमनले क्लबको हितलाई ध्यानमा राखेर चेल्सी बेच्ने निर्णय गरेको बताएका थिए।
रोमनले २००४ मा चेल्सी किनेका थिए । तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ ।
उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिषा अवधि सकिएको छ ।