काठमाडौं । जर्मन बुन्डेसलिगा अन्तर्गत बोचुम र मोन्चेनग्लाडवाचबीचको खेल रद्द गरिएको छ ।
समर्थकले सहायक रेफ्री क्रिस्टियन गिटलम्यानमाथि बियरको बोतल प्रहार गरेपछि बोचुम र मोन्चेनग्लाडवाचको खेल रद्द गरिएको हो ।
खेलको ७७ औं मिनेटमा रेफ्री क्रिस्टियनलाई दर्शकदीर्घाबाट बोतल प्रहार भएको थियो। बोलतले उनको टाउकोमा लागेको थियो ।
जतिबेला मोन्चेनग्लाडवाचले २-० को अग्रता बनाएको थियो । मोन्चेनग्लाडवाचका अलासेन प्लेया र ब्रेल एम्बोलोले एक एक गोल गरेका थिए ।
त्यसपछि सुरक्षाको कारण देखाउदै खेल रद्द गरिएको हो ।
रद्द भएको खेलबारे बुन्डेसलिगा केहि बताएको छैन ।
यता घटनापछि बोचुमले भने माफी मागेको छ ।