लिड्सको रोमान्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले रोमान्चक जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा लिड्सले उल्भ्सलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलको २६ औं मिनेटमा जोनीले गोल गर्दै उल्भ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा फ्रान्सिस्को त्रिन्काओले गोल गर्दै उल्भ्सलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ५३ औं मिनेटमा राउल जेमिनेजले रातो कार्ड पाएपछि उल्भ्स १० खेलाडीमा समेटियो ।
६३ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै लिड्सलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ६६ औं मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा लुक एलिङले गोल गर्दै लिड्सलाई ३-२ को रोमान्चक जित दिलाए ।
यस जितसँगै लिड्सले ३० खेलमा २९ अंक जोडेको छ ।
लिड्स १६ औं स्थानमा रहेको छ ।
उल्भ्स ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।












