आर्नोल्ड केहि साता मैदान बाहिर
शुक्रबार, चैत ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्ड केहि साता मैदान बाहिर रहने भएका छन् ।
ह्यामस्ट्रिङ चोटको कारण आर्नोल्ड केहि साता मैदान बाहिर रहने भएका हुन् ।
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले उनी मैदान बाहिर रहने पुष्टि गरे ।
२३ वर्षीय डिफेन्डरले प्रिमियर लिग अन्तर्गत बुधबार आर्सनलविरुद्धको खेलमा चोट बोकेका थिए ।
चोटका कारण इंग्लिस डिफेन्डरले स्विजरल्याण्ड र आइभरी कोस्टविरुद्ध मैत्रीपूर्ण खेल समेत गुमाउने भएका छन् ।
आर्नोल्ड केहि साता मैदान बाहिर












