रुसको अपिल अस्वीकार
शुक्रबार, चैत ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध रुसले गरेको अपिल अस्वीकार भएको छ ।
रसियन फुटबल युनियनले प्रतिबन्ध फुकुवाका लागि खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा गरेको अपिल अस्वीकार भएको हो ।
युक्रेनमा आक्रमण गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।
प्रतिबन्धपछि रुसले कासमा प्रतिबन्ध फुकुवाका लागि अपिल गरेको थियो । तर, कासले रुसको अपिल अस्वीकार गरेको छ ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।
प्रतिबन्धसँगै रुसले पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन्।
यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ ।
रुसको अपिल अस्वीकार












