बालोटोली इटालीको टिम बाहिर
शुक्रबार, चैत ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । फरवार्ड मारियो बालोटोली इटालीको राष्ट्रिय फुटबल टिमबाट बाहिरिएका छन् ।
इटाली फुटबलले विश्वकप छनोटको प्ले अफका लागि घोषणा गरेको टिममा बालोटोली अटाएका छैनन् ।
प्रशिक्षक रोबर्टो मानचिनीले प्ले अफ अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धका लागि घोषणा गरेको टिममा बालोटोली नपरेका हुन् ।
बालोटोली बन्द प्रशिक्षणमा भने रहेका थिए । सन् २०१८ पछि बालोटोली पहिलो पटक प्रशिक्षणमा परेका थिए ।
उनले अन्तिम पटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए ।
बालोटोली टर्कीको एडना डेमिरस्पोरबाट खेलिरहेका छन् ।
३१ वर्षका बालोटोलीले इटालीका लागि ३६ खेलमा उनले १४ गोल गरेका छन् ।
बालोटोली इटालीको टिम बाहिर












