शेन वार्नको निधन
शुक्रबार, २० फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ ।
सम्भवत : हृदयघातको कारण वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए ।
उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।
सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए ।
वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १ सय ९४ एकदिवसीयमा २ सय ९४ विकेट लिएका थिए ।
शेन वार्नको निधन









-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
