काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले होम जर्सी सार्वजनिक गरेको छ ।
झापाले बिहीबार सामाजिक संजालबाट नयाँ सिजनको एनएसएलका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ ।
झापाले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।