झापा एफसीको जर्सी सार्वजनिक
बिहिबार, १९ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले होम जर्सी सार्वजनिक गरेको छ ।
झापाले बिहीबार सामाजिक संजालबाट नयाँ सिजनको एनएसएलका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ ।
झापाले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो।
झापा एफसीको जर्सी सार्वजनिक






-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)



-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)