काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को टिम बुटवल लुम्बिनी एफसीले राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
बुटवलले बिहीबार सामाजिक संजालबाट दोस्रो संस्करणका लागि विशाललाई मार्की खेलाडी चयन गरिएको जनाएको छ।
यस्तै लुम्बिनीले अनन्त राज थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
बुटवलले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यलाई जेनेरल म्यानेजर नियुक्त गरेको छ ।

त्यस्तै राष्ट्रिय टिमका पूर्व डिफेन्डर रबिन श्रेष्ठलाई टिम म्यानेजर नियुक्त गरेको छ ।
एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।
दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।
पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।