काठमाडौं । च्यासल युथ क्लबका गोलकिपर अर्पण कार्कीको घुँडाको चोटको सफल शल्यक्रिया गरिएको छ ।
अर्पणको बिहीबार बीएन्डबी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को खर्चमा उनको चोटको शल्यक्रिया गरिएको हो ।
उनले सहिद स्मारक ए डिभिजन लिग दौरान चोट बोकेका थिए ।
अर्पणको बायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो।
नेपाली यू-२३ टोलीका कप्तान अर्पणले मछिन्द्र क्लबविरुद्धको खेलमा चोट बोकेका थिए । जुन खेलमा मछिन्द्रले च्यासललाई २-० ले हराएको थियो ।
मछिन्द्रका विमल घर्तिमगरसँग जुध्न पुग्दा अर्पणले चोट बोकेका थिए । उनी १७ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
यस सिजन च्यासल रेलिगेसनममा परेको थियो ।