शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

राईजिङसँग माछापुच्छ्रे पराजित

शनिबार, १४ फाल्गुण २०७८खेलपाटी संवाददाता
राईजिङसँग माछापुच्छ्रे पराजित
Loading ad...
mustang rice ad

पोखरा । कप्तान अमृत गुरुङले ब्याटिङ र बलिङमा अलराण्डर प्रदर्शन गरेपछि राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत राईजिङले माछापुच्छ्रे क्लबले दिएको १ सय २८ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गर्यो । अन्तिम ओभरको चार बलमा दुई रन आवश्यक परेको अवस्थामा स्ट्राईकमा रहेका कृष्ण पौडेलले विजयी सट हिर्काए ।

तीन बल बाँकी छँदा जित निकाल्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपमा राईजिङले दुई अंक जोड्यो ।

अमृत गुरुङले २७ रन हिर्काउँदै जितको आधार तयार पार्दा उनकै बलिङमा माछापुच्छ्रे क्लबले भने धरासायी बन्न पुग्यो । गुरुङले ४–०–२१–३ को बलिङ स्पेलमा माछापुच्छ्रे १२७ रनमा सबै विकेट गुमाउन पुग्यो । अर्का बलर विशाल रिमालले ३ ओभरमा ७ रन दिएर २ विकेट लिए ।

टस जितेर व्याटिङ गरेको माछापुच्छ्रे क्रिकेट क्लबले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो । पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा माछापुच्छ्रेले अभिषेक थापाको २७ रनको इनिङ्समा १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पारेको थियो ।

ऋतिक थापा मगरले १८ रन बनाउँदा पुजन शर्माले १५ रनको योगदान रह्यो । जवाफी व्याटिङ गरेको राईजिङले आठ विकेटको क्षतिमा तीन बल बाँकी हुदाँ १२८ रनको चुनौतिलाई पन्छाएको थियो । कृष्ण पौडेलले अविजित २० रन जोडेपछि जित पक्का बनायो । निर्मल क्षत्रीले १७, विमल विक्रम खत्रीले १६ रनको योगदान दिए । विमल र कृष्णले पाँचौ विकेटको लागि ४८ रनको साझेदारी निभाउँदै जित उन्मुख बनाएका थिए ।

बलिङ तर्फ अभिषेक थापाले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । प्रवीण ढकालले २ ओभरले १६ रन दिएर २ विकेट लिएका थिए । २ विकेट २७ रन लिएका राईजिङका अमृत गुरुङ खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

कास्की क्रिकेट क्लब र अरण्यज्योति क्रिकेट क्लबबीचको खेल अंक बाँडियो ।

मैदान र पीचको अवस्था अनुसार अम्पायरले २० ओभरबाट खेल १० ओभरमा घटाएका थिए । ओभर घटाईएको खेल खेल्न दुवै क्लबले अस्वीकार गरे ।

दुवै क्लबले खेल्न अस्वीकार गरेपछि अम्पायरको निर्णय अनुसार क्रिकेट संघले दुवैलाई एक–एक अंक प्राप्त गरेको जानकारी गरायो ।

Loading ad...
LiNing Ad
राईजिङसँग माछापुच्छ्रे पराजित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध