शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

सत्यवती एकेडेमीलाई उपाधि

शनिबार, १४ फाल्गुण २०७८खेलपाटी संवाददाता
सत्यवती एकेडेमीलाई उपाधि
Loading ad...
mustang rice ad

धनगढी । सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर-१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार भएको फाइनलमा बिद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवतीले पहिलो पटक उपाधि जितेको हो ।

उपाधिसँगै सत्यवती एकेडेमीले १ लाख पचास हजार रुपैयाँ तथा उपविजेता बिद्याभुषणले ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।

धनगढी स्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र निरज भट्टले समान तिन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो।

सत्यवतीको ब्याटिंगमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे। यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे। आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए।

सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे।

बिद्या भुषणका बलर प्रदिप चन्दले तिन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिए। महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेटविहिन रहे।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान विद्या भुषणका बिरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे।

फाल्गुन २ गते देखि सुरु भएको प्रतियोगितामा दश टोलिको सहभागिता रहेको थियो। 

 

Loading ad...
LiNing Ad
सत्यवती एकेडेमीलाई उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

 रहाणेलाई जरिबाना

रहाणेलाई जरिबाना

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिले बिर्सिएका एमबाप्पे

उपाधिले बिर्सिएका एमबाप्पे

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध