बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

युएईसँग पराजित नेपालको विश्वकप सपना सकियो

मंगलबार, १० फाल्गुण २०७८खेलपाटी संवाददाता
युएईसँग पराजित नेपालको विश्वकप सपना सकियो
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ ।

विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोटमा असफल हुँदै आईरहेको छ ।

नेपाललाई हराउँदै युएई भने छनोटको फाइनलमा प्रवेश गरेको छ । र, अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा छनोट भएको छ ।

युएईले फाइनलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

ओमानको अल अमेरातमा युएईले दिएको १ सय ७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७ रन बनाउन सक्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे ।

विवेक यादव ८, कुशल भुर्तेल ७, जितेन्द्र मुखिया ५, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए ।

अविनाश बोहरा १ रनमा अविजित रहदा आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् ।

युएईका अहमेद राजाले ५ तथा  जुनदे सिद्द्कीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको  युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोड्दा मुहमद उस्मानले १७ रन जोडे ।

जवार फारिदले ११ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

Loading ad...
LiNing Ad
युएईसँग पराजित नेपालको विश्वकप सपना सकियो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

एन्फाको शुक्रबार तय निर्वाचन स्थगित

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?