• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
प्रवेश अर्थात घरेलु फुटबलका ‘डार्क हर्स’
नमीन ढकाल
आइतबार, फागुन ८, २०७८ नमीन ढकाल
प्रवेश अर्थात घरेलु फुटबलका ‘डार्क हर्स’

इलाम । फुटबलरले व्यवसायिक करियरमा स्टार, सुपर स्टार वा मेगा स्टार मध्ये एउटा उपमा पाउँछ । तर, खेलाडी र प्रशिक्षक दुवैमा उत्तिकै सफल भएकाले प्रवेश कटुवाल सबै प्रकारका स्टारका हकदार हुन् ।

कसैले उनलाई ‘डार्क हर्स’ अर्थात ‘अप्रत्यासित नतिजा दिलाउने एथ्लेट’ पनि भन्छन् ।

प्रतिद्वन्दी क्लब त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेलाई सोध्यो भने प्रवेशको परिचय ‘बेबी’ भनेर दिन्छन् ।

बेबी उपमा किन रहयो भन्ने किस्सा न त नविनले सुनाए न प्रवेशले सुनाउन चाहे । प्रवेश जहिलै ‘लामो किस्सा छ पछि कुनै दिन समय निकालेर सुनाउँला’ भन्दै पन्छिए ।

खेलाडी र प्रशिक्षकको रुपमा 'ए' डिभिजन लिग दिलाउने थोरै मध्येमा पर्छन् प्रवेश ।

२०७६ सालमा मछिन्द्र क्लबलाई प्रशिक्षकको रुपमा लिग दिलाउनु पूर्व २०६१ मा थ्री स्टारबाट उनले लिग जितेका थिए।

No description available.

झापाको विर्तामोड नगरपालिकाका बासिन्दा प्रवेशले सिनियर राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रन पाएनन् । तर उनको मार्ग निर्देशनमा अहिले नेपाली टोलीमा झापाका धेरै जसो खेलाडीहरु छन् ।

प्रवेशकै कप्तानीमा स्थापना भएको झापा-११ मा रहेका झापाली खेलाडी नै अहिलेको नेपाली टोलीमा छन् । यद्दपी प्रवेश सफल खेलाडीको सूचीमा  उभ्याउन चाहदैनन् ।

‘घरेलु फुटबलमा मैले दिएको योगदानलाई हेरेर सफल खेलाडीको सूचीमा  राख्नुहुन्छ होला तर म मान्न तयार छैन् । खेलाडीको सफलता राष्ट्रिय टिमबाट हून्छ । मैले सिनियर टिम त अवसर पाइन् उमेर समूहमा समेत लामो समय खेल्न पाइन्,’ उनी भन्छन् ।

फुटबलको पहिलो पाइला

नेपाली फुटबलको उर्वर भुमि झापामा जन्मिएको कारण पनि प्रवेशमा फुटबलको नशा चढ्यो । झापामा फुटबल खेलका लागि चर्चित सैनिकमा उनको बाल्यकाल बित्यो । अहिले पनि उनले यो ठाउँ र फुटबल दुवै छाडेका छैनन् ।

सुरुवातमा विङ्गरका रुपमा जमेका प्रवेश पछि मैदानको मध्यभागमा बसेर गोलका अवसर सृजना गर्न थाले अर्थात मिडफिल्डरमा अभ्यस्त गराउन थाले । 

नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो पुस्ताका खेलाडी रामदर्शन गुरुङ प्रवेशको पहिलो गुरु हुन् । रामर्दशने नै हो प्रवेशमा फुटबलको रस भरिदिएको । भालेकप देखि अहिले सफल प्रशिक्षकसम्म आइपुग्न प्रवेशका लागि त्यती सहज भने पक्कै थिएन् ।

अभावका बिचमा पनि उनले आफ्नो 'प्यासन' छाडेनन् । गाउँकै भालेकपबाट निखारिएका उनी २०५५ सालमा कोकाकोला यू-१६ टुर्नामेन्टबाट नेपालको उमेर समूहको टोलीमा छानिए । त्यसपछि सन २००० को एएफसी यू-१६ च्याम्पियनसिप छनौटमा सहभागी भए ।

नेपाल रहेको समूहमा उज्वेकिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स थियो । संयोगवश प्रवेशले जुन १० मा माल्दिभ्सविरुद्धको खेलमा डेब्यु गरे । त्यो खेल नेपालले ७–० जित्यो ।

प्रतियोगिताको समूह विजेता बन्दै भियतनाममा भएको च्याम्पियनसिप खेल्दा टिमको मिडफिल्डमा प्रवेश जम्न सफल भए । चीन, म्यानमार, जापान, भियतनामसंग प्रतिस्पर्धा गरेको नेपालले जित विहिन यात्रा टुङ्गायो ।

भियतनामबाट फर्किएको यू-१६ टोलीलाई सिनियर खेलाडीसँग मिसाएर एन्फा-११ नामको टोलीले कोलकत्तामा भएको अल एयरलान्यस गोल्डकप खेल्दा प्रवेश टिमको हिस्सा हुन पाए । प्रतियोगिताको प्रर्दशनको आधारमा उनी नेपाली सिनियर टिमको नजरमा पर्न थाले ।

उपाधिको श्रेय खेलाडीलाई : प्रशिक्षक प्रवेश

सन् २००३ मै ओलम्पिक क्वालिफाइ राउन्डको म्याच खेले दुई पटक ‘होम एन्ड अवे’को आधारमा । २३ वर्षमुनीको टोली सहभागिता प्रतियोगितामा उनले प्यालेस्टाइनविरुद्ध सुरुवाती-११ मा स्थान बनाएका थिए । 

२००४ मा नवौँ साग गेम खेल्न उनी पाकिस्तान गए । तर, भुटानविरुद्ध अतिरिक्त खेलाडीको रुपमा छोटो समय मैदानमा बिताए । त्यसबेला देखि नै सागमा यू-२३ खेलाडी सहभागि गराउन थालिएको हो । त्यसपछि भने प्रवेशले राष्ट्रिय टिमको यात्रालाई बिट मारे । 

‘मलाई अभ्यासमा डाकिन्थ्यो तर अन्तिम सूचीमा भने नाम नै हुँदैन थियो सम्झिदा दुःख लाग्छ ।’ राष्ट्रिय टिमको यात्रा लम्ब्याउने योजना भएपनि विभेदकै कारण क्लब खेललाई केन्द्रित गर्नु परेको प्रवेश सुनाउँछन् ‘सुरु–सुरुमा गए । उत्साह हुन्थ्यो । अन्तिम सूचीमा परिन्छ भन्ने आश पनि लाग्थ्यो । तर मौका नपाइने भएपछि अभ्यासमा बोलाए पनि जान मन लाग्न छाड्यो । सुरुमै पर्दिन भन्ने लागेपछी किन जाने ?’

क्लब करियर

नेपालको उमेर समूह टोलीमा रहेकै बेला प्रवेशले न्युरोड टिम एनआरटीमा प्रवेश पाए ।  जन्मोत्सव कपमा पाहुना टोली दार्जिलिङ-११ विरुद्ध एनआरटीमा डेब्यु गरे । केही समय ग्यालेक्सियन क्लबमा पुगे । तत्कालिन एन्फा अध्यक्ष गणेश थापा र गिता राणाबिचको विवादले क्लब विघटन भएपछि प्रवेशको यात्रा थ्री स्टार क्लबमा रहयो ।

प्रवेशले २०५७ सालमा ए डिभिजन लिग थ्री स्टारबाट डेब्यु गरे । पूर्वका सुरेन्द्र तामाङ, रितेष थापा र विश्वन्धु पोखरेलले उनलाई थ्री स्टारमा साथ दिए । उनले त्यहाँ चार वर्ष खेले ।

No description available.

प्रवेश खेलाडी रहँदै थ्री स्टारले एन्फा एकाडेमीका उत्पादन प्रदिप मर्हजन, लोकबन्धु गुरुङ, बिजय गुरुङ, उपेन्द्रमान सिंह, बालगोपाल मर्हजन जस्ता खारिएका खेलाडीहरुको साथमा २०६१ सालको लिग जित्यो ।

‘थ्री स्टारबाट खेल्दा एएफसी प्रेसिडेन्ट कपमा खेलेँ । घरेलु मैदान दशरथ रंगशालामा भएको प्रतियोगितामा थ्रीस्टार सेमीफाइनलसम्म पुग्यो ।’ उनले भने  ‘दुर्भाग्यवश किर्गिस्तानको डोरोडो डाइनोमोसंग टाइव्रेकरमा ४–३ ले हार्न पुग्यौ ।’

पराजित हुनुको कारण खोल्दै प्रवेश भन्छन् ‘त्यो टिमको सर्वोत्कृष्ट खेलाडी नै गोलकिपर थियो ।’

थ्री स्टारसंगको ४ वर्षे यात्रा समाप्त गर्दै मनाङमा आवद्ध भएको वर्ष नै उनले दोश्रो पटक प्रेसिडेन्ट कप खेले ।

मनाङले २०६३ मा खेलाडीहरुलाई रिलिज गर्यो । बसन्त गौचन, अनिल गुरुङ, नविन न्यौपानेलगायतका खेलाडीहरु एनआरटी गए । प्रवेश आरसिटीतर्फ लागे ।

उनले २०६८÷६९ एक सिजन मछिन्द्र क्लबमा बिताए । २०७० सालमा लिग रोकिएपछि उनको कप्तानीमा झापा–११ क्लब दर्ता भएर एन्फा कप खेल्यो ।

मछिन्द्रमा आवद्ध झापाका खेलाडीहरु सम्मिलित क्लबले मनाङ मर्स्याङ्दी, एपिएफ र संकटा जस्तो ए डिभिजनका क्लबलाई हराउदै मोफसलमा फुटबलको संभावनालाई बाहिर ल्यायो । त्यहि प्रतियोगिताको हौसलाका कारण राष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै शीर्ष ४ मा झापालाई उभ्याउन प्रवेशले महत्वपुर्ण भुमिका खेले ।

भगिरथ आले ‘मामा’को प्रशिक्षणमा रहेको टोलीले काठमाडौं वरिपरी घुमेको फुटबललाई मोफसलमा उतार्यो । प्रवेशले झापा–११ मा रहँदा ४ बर्षको अवधिमा विभिन्न  प्रतियोगिताको उपाधि दिलाए ।

झापाको फुटबल विकासमा योगदान दिएको भन्दै झापा गोल्डकप आयोजक समितिले २०७३ सालमा उनलाई लाइफ टाइम अचिभमेन्टको अवार्डको रुपमा मोटरसाइकल  प्रदान गरेको थियो ।

प्रशिक्षणमा पाइला

प्रवेशले पहिलो इनिङ खेलाडी रहँदै दोश्रो इनिङ प्रशिक्षक सपनालाई पनि संगै अघि बढाए । झापाबाट खेल्दै गर्दा सन २०१३ मा उनले सी लाइसेन्स लिए ।

२०७२ सालमा सम्पन्न राष्ट्रिय लिगमा झापा-११ को कप्तानी गरेका प्रवेशले त्यसको एक वर्ष पछि काठमाडौंमा सम्पन्न ललित मेमोरियल यू-१८ लिगमा सोही क्लबकै युवा टोलीलाई प्रशिक्षण दिएका थिए । 

सन् २०१५ मा आउँदा उनले बी लाइसेन्स समेत लिन सफल भए । २०१७ मा एएफसी ए लाइसेन्स पाएपछि भने प्रवेशले व्यवसायिक खेल करियरलाई छाडेर पुर्णकालिन प्रशिक्षक बने ।

No description available.

लिग विजेता प्रशिक्षक

प्रवेशलाई २०७५ सालको सिजनमा नै प्रशिक्षक बन्ने अफर आएको थियो । समय अभावका कारण उनले पहिलो पटक ए डिभिजन क्लब सम्हाल्ने अवसर गुमाए ।

२०७६ को सिजनमा ए लाइसेन्स लिएको कारण उनलाई मछिन्द्रसँगै मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा र सरस्वती क्लबले समेत भित्र्याउन चाहेका थिए ।

मछिन्द्रले २०७५ को सिजन विजेता मनाङका प्रशिक्षक फुजा तोपेलाई समेत क्लब भित्र्याउने बताएपछि प्रवेशले हिमालयन शेर्पासंग छलफललाई तिव्रता दिएका थिए । अन्तत, फुजालाई मछिन्द्रले नल्याउने भएपछि प्रवेशले प्रमुख प्रशिक्षकको रुपमा क्लबसँग सझौता गरे ।

डेब्यु प्रशिक्षकको रुपमा मछिन्द्रलाई सम्हाल्नु प्रवेशका लागि चुनौती पनि थियो । अघिल्लो सिजनमा रेलिगेसन जोनमा परेर १ अंक गुमाएको क्लबलाई अघि बढाउनुपर्ने दबाब थियो । अर्को तर्फ क्लबले करोड बढि लगानी गरेर मनाङ र थ्री स्टारबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गरेका अधिकाँश खेलाडी क्लब भित्र्याएको थियो ।

‘पहिलो पटक ए डिभिजन क्लब सम्हाल्दा चुनौतीको चाङ थियो,’ उनले भने ‘ स्टार खेलाडीले भरिएको टिम थियो खेलाडीहरु बिच मनमुटाव भए अर्को समस्या सृजना हुन सक्थ्यो । २ दशक लामो अनुभवलाई प्रयोग गरेर खेलाडीलाई किप इन टचमा राखे ।’

प्रवेशलाई प्रशिक्षकमा सम्झौता गर्नु अघि नै क्लबले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका ९ जना खेलाडी क्लबमा भित्र्याएको थियो ।  प्रवेशका निम्ति मछिन्द्र क्लब सहज नै बन्यो ।

झापा-११ मा हुँदाका धेरै जसो खेलाडी मछिन्द्रमा थिए । अरु खेलाडीहरुसंग पनि प्रवेशले मोफसलमा प्रतियोगितामा संगै खेलका थिए ।

‘प्रशिक्षणका हिसाबले त झापा-११ र मछिन्द्र उस्ताउस्तै नै हो । म संगै खेलेकाहरु धेरै जना टिममा थिए । त्यसैले मलाई क्लबमा काम गर्न सजिलो भयो ।’ प्रवेशले भने ‘ अर्को तर्फ चुनौती समेत थियो संगै खेलेका साथीहरुको माझमा फरक भुमिका देखिनुपर्ने थियो सफल नभएर प्रशिक्षक करियर नै धरापमा पर्न सक्थ्यो ।’

नेपाली क्लब फुटबल र राष्ट्रिय फुटबल उस्तै रहेको प्रवेश बताउँछन् ।

‘नेपाली फुटबल त्यती गाहो छैन् । मछिन्द्र क्लबमा जापानी फुटबल शैली हेरेर प्रयोग गरेको थिए सफल पनि भए,’ दोश्रो सिजनमा समेत मछिन्द्र र उहि खेलाडीहरु पाएपछि प्रवेशका लागि लिग जित्न केही सहज बन्यो ।

‘यति सहज रुपमा उपाधि जितिन्छ भन्ने लागेको थिएन् तर प्रतिद्धन्द्धी क्लबहरुको अप्रत्यासित नतिजा र अंक नगुमाई ११ औ चरणसम्म आइपुग्दा उपाधि सहज बन्यो,’ उनले भने ।

No description available.

अधुरो एएफसी कपको यात्रा सहज

लिग विजेताको रुपमा मनाङबाट एएफसीको प्रतियोगिता त प्रवेशले खेल्न पाए । तर लिग विजेता प्रशिक्षकको रुपमा गत वर्ष पाएको एएफसी कपको अवसर भने गुमाए । लाइसेन्स प्रक्रिया नपुग्दा मछिन्द्रले लिग च्याम्पियनको बाबजुद पनि एएफसी कप खेल्न पाएन् । तर यस वर्ष त्यो अधुरो सपना पुरा हुँदैछ ।

मछिन्द्रले लाइसेन्स प्रक्रिया पुरा गर्न सफल रह्यो । अर्को तर्फ लिग च्याम्पियन नबन्दै मछिन्द्रले एएफसी कप खेल्न पाएको थियो ।

‘गत वर्ष लिग च्याम्पियन भएर पनि प्राविधिक समस्याका कारण खेल्न पाइएन् तर यस बर्ष पाएको एएफसी कपको अवसरमा थप प्रमाणित गर्नेछु,’ प्रवेशले भने ‘ खेलाडीहरुको मेहनत र क्लब अफिसियलहरुको सकारात्मक सहयोगले सुखद नतिजा दिलाउनेमा विश्वस्त छु ।’

घरेलु फुटबल कमजोर

प्रवेश घरेलु फुटबल तुलनात्मक रुपमा कमजोर भएको बताउँछन् । लामो समयको लिग नहुँदा नेपाली फुटबल कमजोर भएकाले खेलाडीहरु पलायन हुँदै गएको उनी तर्क गर्छन् ।

‘युरोपिनय लगायत अन्य देशका प्रतियोगिता हेर्ने हो भने लिग प्रतियोगितामा नै बढि समय विताउँछन् । राष्ट्रिय टोलीको समेत लामो समय क्याम्प राख्नुपर्दैन् । तर हाम्रो देशमा लिगको समय लामो नहुँदा मोफसलका गोल्डकप मै भर रहेको छ । अर्को तर्फ खेलेरै बाँच्न सक्ने अवस्था देखेपछि खेलाडीहरु समेत पलायन हुँदै गएका छन्, ’ प्रवेशले भने ‘ लिगलाई व्यवस्थित गरेर लामो समयसम्म संचालन गर्न सके खेलेर बाँँच्न सक्छन् ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
आइपिएलमा १४ वर्षे वैभवको आगमन
आइपिएलमा १४ वर्षे वैभवको आगमन
बाउन्ड्रीमा सिद्धान्त !
बाउन्ड्रीमा सिद्धान्त !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
देसाईले झैं स्टुअर्टले कायापलट गर्लान् त?
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP