काठमाडौं । च्यासलका प्राविधिक निर्देशक लेघ म्यानसनले ठीक भनेका हुन्, जति बेला उनको क्लबले फ्रेन्ड्सको शनिबार सामना गर्नेछ, त्यो कुनै कप फाइनल जत्तिकै हुनेछ । अर्थात जसले जित्यो, उही नायक ।
जति बेला दशरथ रंगशालामा सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यी दुई टिम भिड्ने छन्, त्यसको विजेताले कप होइन, ए डिभिजनमै रहने उपलब्धी हात पार्न सक्ने छ । हारको अर्थ हो, लगभग बी डिभिजनमा घटुवा ।
अहिलेसम्म दुई दुई टिमबीच दुई खेल भएका छन् । त्यसमध्ये वर्ष ०७५ को डेब्यु लिगमा च्यासल ३–१ ले विजयी रहेको थियो । तर वर्ष ०७६ मा भने फ्रेन्ड्स विजयी रह्यो, त्यसमा निर्णायक गोल गरेका थिए, उत्तम राईले ।
यस्तोमा दुई खेलमा दुवैको नाममा एक एक जित, त्यसको अर्थ बराबरीको स्थिति । तर शनिबारको खेलमा बराबरी नतिजा आए, त्यो दुवैलाई फाइदा भने हुने छैन् ।