ब्लेसिङलाई १० वर्षको प्रतिबन्ध
शनिबार, ०७ फाल्गुण २०७८खेलपाटी संवाददाता
काठमाडौं । नाइजेरियन एथलेटिक्स खेलाडी ब्लेसिङ ओकागबारेलाई १० वर्षको प्रतिबन्ध लागेको छ ।
द एथलेटिक्स इन्टिग्रिटी युनिटले एन्टी डोपिङको विभिन्न नियमको तोडेको भन्दै ब्लेसिङलाई १० वर्षको प्रतिबन्ध गरेको हो।
अब ब्लेसिङले प्रतिबन्धविरुद्ध खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्न पाउने छिन् ।
३३ वर्षिया ब्लेसिङ टोकियो ओलम्पिक दौरान डोपिङमा असफल भएकी थिइन् । उनलाई त्यहिँ समय निलम्बन गरिएको थियो ।
ब्लेसिङले २००८ को ओलम्पिकमा लङ जम्पमा रजत पदक जितेकी थिइन् । विश्व च्याम्पियनसिपमा समेत उनले पदक जितेकी थिइन् ।
ब्लेसिङलाई १० वर्षको प्रतिबन्ध










-1775576795965.jpeg&w=3840&q=75)


