काठमाडौं । म्यानचेस्टर सिटीका डिफेन्डर केली वाल्करलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लागेको छ ।
रातो कार्डपछिको प्रतिबन्धविरुद्धको अपील गुमाएपछि वाल्करलाई तीन खेलको प्रतिबन्ध लागेको हो ।
वाल्करले गत डिसेम्बरमा आरबी लाइपजिगविरुद्धको खेल रातो कार्ड पाएका थिए । लाइपजिगका आन्द्रे सिल्भालाई फउल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए ।
३१ वर्षीय वाल्करले च्याम्पियन्स लिगमा यस अघि नै एक खेल गुमाईसकेका छन् ।
वाल्करले अन्तिम १६ अन्तर्गत पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनविरुद्धको पहिलो लेग गुमाएका थिए । उक्त खेलमा सिटीले ५-० को जित निकालेको थियो ।
अब उनले लिस्बनविरुद्धको दोस्रो लेग र क्वाटरफाइनल खेल गुमाउने छन् ।
.png)