काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा एक गोलको सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्ट्स रोकिएको हो ।
खेलको १३ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६२ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै टोरिनोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै युभेन्ट्सले २६ खेलमा ४७ अंक जोडेको छ ।
युभेन्ट्स लिगको चौंथो स्थानमा रहेको छ ।
टोरिनो ३३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
