आयोजक भक्तपुरको विजयी सुरुआत
शुक्रबार, ०६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । आयोजक भक्तपुर युवा टिमले भक्तपुर कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टिमले नमस्ते बनेपा फुटबल क्लव बनेपालाई ३-१ गोलको अन्तरले हराएको हो ।
भक्तपुरको जितमा सुरेश खत्रीले दुई गोल गरे । यस्तै विकाश लामाले एक गोल थपे ।
नमस्ते बनेपाका अनिल तिमिल्सिनाले एक गोल फर्काए ।
खेलमा आयोजकका सुरेश खत्री म्यान अफ दी म्याच घोषित भए । आयोजककै सुदर्शन श्रेष्ठ राइजिग प्लेयर घोषित भए।
दुबै खेलाडीलाई गोर्खा इको प्यानलका अध्यक्ष विश्वराम कवांले कम्पनीको तर्फबाट उपहार प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरु हुने जनाइएको छ । प्रतियोगिता फागुन १४ गतेसम्म चल्नेछ ।
भक्तपुर युवा टिम भक्तपुरको आयोजनामा सुरु भएको प्रतियोगिताको उदघाटन बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गरेका थिए ।
आयोजक भक्तपुरको विजयी सुरुआत













