फिफा रेफ्रीलाई ब्याच प्रदान
शुक्रबार, ०६ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्रीलाई ब्याच प्रदान गरेको छ ।
एन्फाले शुक्रबार ५ फिफा रेफ्री र ७ फिफा सहायक रेफ्रीलाई २०२२ को ब्याच प्रदान गरेको हो ।
ब्याच पाउने फिफा रेफ्रीमा नविन महर्जन, कबिन व्यन्जनकार, प्रज्वल क्षेत्री प्रकाश नाथ श्रेष्ठ र अन्जना राई रहेका छन् ।
फिफा सहायक रेफ्रीको ब्याच पाउनेमा नानीराम थापा मगर, माधव केसी, युनाल मल्ल, शहदेब श्रेष्ठ, बिक्रम चौधरी, किशन कनैया यादव र राधिका शाक्य रहेका छन् ।
उनीहरुलाई एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ब्याच हस्तान्तर गरे ।
फिफा रेफ्रीलाई ब्याच प्रदान













