काठमाडौं । युरोपा कन्फरेन्स लिगको नकआउट चरण अन्तर्गत प्ले अफको पहिलो लेगमा लेस्टर सिटीले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा लेस्टरले डेनिस क्लब रान्डर्सलाई ४-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको २३ औं मिनेटमा विलफ्रेड एनडीडीले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
४५ औं मिनेटमा भिटोले गोल गर्दै रान्डर्सलाई १-१ को बराबरीमा ल्याए ।

खेलको ४९ औं मिनेटमा हार्भे बर्नेसले गोल गरेपछि लेस्टरले २-१ को अग्रता बनायो ।
५४ औं मिनेटमा पाट्सन डाकाले गोल गरेपछि लेस्टर ३-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा केइरनन हलले गोल गर्दै लेस्टरलाई ४-१ को जित दिलाए ।
अब दुई टोली बीचको दोस्रो लेग आगामी बिहीबार हुनेछ ।