काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
बिहिबार राति भएको खेलमा डर्टमण्डलाई रेन्जर्सले ४-२ गोल अन्तरले हराएको हो ।
रेन्जर्सलाई जित दिलाउन जेम्स ताभेरनीर, अल्फ्रेडो मोरेलेस, जोन लुन्डस्ट्रामले एक एक गोल गरे ।
डर्टमण्डका जुड बेलिङघम र राफायल गुइरेरियोले एक एक गोल फर्काए ।
यस्तै डर्टमण्डका डान जागाडोउले एक आत्मघाती गोल गरे ।
दुई टोली बीचको दोस्रो लेग आगामी बिहीबार हुनेछ ।

युरोपा लिगको अन्तिम ३२ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब सेभियाले डिनामो जाग्रेबलाई ३-१ ले हराएको छ ।
रियल सोसिडाड र आरबी लाइपजिगले २-२ गोलको बराबरी खेलेका छन् ।
एफसी पोर्टोले लाजियोलाई २-१ तथा एट्लान्टाले ओलाम्पियाकोसलाई २-१ ले नै हराएको छ ।
रियल बेटिसले जेनिट पिटर्सबर्गलाई ३-२ ले हराएको छ ।