हारबाट जोगियो बार्सिलोना
शुक्रबार, फागुन ६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोनाले बराबरी खेलेको छ ।
बिहीबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा खेलको ५९ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको हो ।
त्यसअघि खेलको २९ औं मिनेटमा पिओट्र जिलिन्सकीले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
अब बार्सिलोना र नापोलीबीचको दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ ।
दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।
हारबाट जोगियो बार्सिलोना






-1762856022963.jpg&w=3840&q=75)






