काठमाडौं । युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ ।
प्रतियोगिताको उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुनेछ ।
प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ ।
आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।
प्रतियोगितामा पहिलो र दोश्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख १५ हजार र दोश्रो हुने टिमलाई नगद रु ५५ हजार पुरस्कारको व्यवस्था रहेको छ ।
साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि वेष्ट अवार्ड दिने योजना रहेको छ ।
प्रतियोगितामा काठमाडौ, भक्तपुर, लतिलपुर, काभ्रेलगायतबाट १६ वटा टिमहरुले सहभागिता जनाएको जनाइएको छ।