एनआरटीले संकटालाई हरायो
बिहिबार, फागुन ५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले संकटा क्लबलाई हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा एनआरटीले संकटालाई १-० गोल अन्तरले हराएको हो ।
एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गरे ।
खेलको २८ औं मिनेटमा स्टेफेन एनआरटीलाई जित दिलाउन निर्णायक गोल गरेका हुन् ।
सरोज तामाङको लामो पासमा संकटाका दुई डिफेन्डरलाई बिट गर्दै उनले गोल गरेका थिए ।
यस जितसँगै एनआरटीले ११ खेलमा १७ अंक जोडेको छ ।
एनआरटी पाँचौं स्थानमा उक्लिएको छ ।
संकटाले ११ खेलमा १५ अंक जोडेको छ ।
संकटा छैटौं स्थानमा रहेको छ ।
एनआरटीले संकटालाई हरायो













-1762763443397.jpg&w=3840&q=75)