एनआरटीलाई अग्रता
बिहिबार, फागुन ५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एनआरटीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका हुन् ।
एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
एनआरटीलाई अग्रता













-1762763443397.jpg&w=3840&q=75)