काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र मनाङले १-१ गोलको बराबरी खेलेको छ ।
खेलको ३७ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ४० औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ को बराबरीमा ल्याएका थिए ।
मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।