काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले बाँकी खेलका लागि टिममा इकजन तुलाधरलाई भित्र्याएको छ ।
अष्ट्रेलियाको युनाइटेड एफसी, मेलवर्नका लागि १० वर्ष खेलेका इकजन नेपाली फुटबलबाट सन्यास लिने उदेश्यले नेपाल आएका हुन् ।
इकजनले संकटाबाट ए डिभिजन लिगको अन्तिम खेल खेल्दै नेपाली फुटबलबाट सन्यास लिने योजनामा रहेका छन् ।
इकजन एन्फा एकडेमीको पहिलो ब्याचका खेलाडी हुन् र उनले संकटाबाट २०६० मा डेब्यू गरेका थिए ।
उनी पछिल्लो समय युनाइटेड एफसी, मेलबोर्न बाट खेल्दै आएका छन् ।
