नयाँ सडक डर्बीमा एनआरटीमाथि संकटा बलियो
बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । भित्री काठमाडौंका दुई खास प्रतिस्पर्धीमा पर्छ, एनआरटी र संकटा ।
कुनै समय यी दुई टिम भिड्दा प्राय: झगडा हुने गथ्र्यो, अचेल यस्तो छैन् । तर अझै यी दुई टिमबीचको खेल तनावपूर्ण हुने गर्छ ।
नयाँ सडक डर्बी मान्न मिल्ने यस खेलमा पछिल्लो समय संकटा बलियो देखिएको छ ।
सहिद स्मारक लिग ए डिभिजनका पछिल्ला ५ संस्करणमा यी दुई टिमबीच तीन भेट भएको छ ।
त्यसमा संकटा दुई पल्ट विजयी रहेको छ भने एक खेल बराबरीमा टुंगेको छ ।
वर्ष ०७६ र ०७५ को दुवै अवसरमा संकटा १–० ले विजयी रह्यो ।
वर्ष ०६९ को खेल भने १–१ को बराबरीमा छुटेको थियो ।
नयाँ सडक डर्बीमा एनआरटीमाथि संकटा बलियो






-1770033375229.jpg&w=3840&q=75)





-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)