काठमाडौं । मनाङ मर्स्याङ्दीले लगातार जित निकालिरहेको टिममा पर्छ, एपीएफ ।
सहिद स्मारक लिग ए डिभिजनका पछिल्ला ५ संस्करणलाई आधार मान्ने हो भने यसले यस्तै पुष्टि गर्छ ।
यी ५ संस्करणका सबै ५ खेलमा मनाङ विजयी रहेको छ ।
यिनै दुई टिम बिहीबार दशरथ रंगशालामा भिड्दै छन् र उपाधि होडबाट बाहिरिसकेको मनाङले एक अर्को जितको अपेक्षा राख्नेछ ।
वर्ष ०६८, ०६९ र ०७० मा मनाङले एपीएफमाथि लगातार ३–० को जित निकालेको थियो ।
वर्ष ०७५ मा मनाङको जित अन्तर २–१ मात्र रह्यो । वर्ष ०७६ मा मनाङ फेरि एकपल्ट २–० ले विजयी रह्यो ।