पुछारको लेभान्टेसँग हार्यो एट्लेटिको
बिहिबार, फागुन ५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले हार व्यहोरेको छ ।
बुधबार राति भएको खेलमा एट्लेटिको पुछारको लेभान्टेसँग १-० गोल अन्तरले पराजित भएको हो ।
लेभान्टेलाई जित दिलाउन गोन्जालो मेलेरोले निर्णायक गोल गरे ।
खेलको ५४ औं मिनेटमा गोन्जालोले गोल गरेका थिए ।
यस हारसँगै एट्लेटिकोले २४ खेलमा ३९ अंक जोडेको छ ।
एट्लेटिको पाँचौं स्थानमा रहेको छ ।
लेभान्टे १४ अंक जोडेर २० औं स्थानमा रहेको छ ।
पुछारको लेभान्टेसँग हार्यो एट्लेटिको













-1762763443397.jpg&w=3840&q=75)