बायर्न बराबरीमा रोकियो
बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा बायर्नले एफसी साल्जवर्गसँग १-१ गोलको बराबरी खेलेको हो ।
साल्जवर्गको मैदानमा खेलको ९० औं मिनेटमा किंग्सले कोम्यानले गोल गरेपछि बायर्न हारबाट जोगिएको हो ।
त्यसअघि खेलको २१ औं मिनेटमा चुकवुबुइके एडामुले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
अब दुई टोलीबीचको दोस्रो लेग मार्च ८ मा हुनेछ । दोस्रो लेग बायर्नको मैदानमा हुनेछ ।
बायर्न बराबरीमा रोकियो






-1770033375229.jpg&w=3840&q=75)





-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)