काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र मोहम्मद सलाहले एक एक गोल गरे ।

सान सिरोमा खेलको ७५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
अब इन्टर र लिभरपुलबीचको दोस्रो लेग खेल एनफिल्डमा मार्च ८ मा हुनेछ ।
