इन्टरमाथि लिभरपुलको जित
बिहिबार, ०५ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो र मोहम्मद सलाहले एक एक गोल गरे ।
सान सिरोमा खेलको ७५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
अब इन्टर र लिभरपुलबीचको दोस्रो लेग खेल एनफिल्डमा मार्च ८ मा हुनेछ ।
इन्टरमाथि लिभरपुलको जित






-1770033375229.jpg&w=3840&q=75)





-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)