काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मनाङ १० खेल २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन्छ ।
लिगको उपाधि भने मछिन्द्रले जितिसकेको छ । त्यसैले मनाङ दोस्रो स्थानमा रहन कोशिश गर्नेछ ।
एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।