काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
बुधबार भएको खेलमा थ्री स्टार र पुलिसले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती अग्रता जोगाउन नसक्दा थ्री स्टार बराबरीमा रोकिएको हो ।
खेलको २१ औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
पुलिसका गोलकिपर चौधरीले क्लियर गरेको बलमा सिक्स यार्ड बक्स भित्र रहेका ऋतिकले सहजै गोल गरे ।
तर, खेलको ५१ औं मिनेटमा सुमन सुवेदीले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । तेज तामाङको फ्रि-किकमा उनले हेडर मार्फत उत्कृष्ट गोल गरे ।
त्यसबाहेक दुबै टोलीले गोलको केहि अवसर गुमाए ।
खेलको दोस्रो मिनेटमा थ्री स्टार संजोक राईको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले सहजै बचाए ।
खेलको १८ औं मिनेटमा थ्री स्टारका घानिफोले प्रहार गरेको सशक्त प्रहार पुलिसका गोलकिपर चौधरीले नै बचाए ।
खेलको ५५ औं मिनेटमा थ्री स्टारका ऋतिकको प्रहार पुलिसका गोलकिपर चौधरीले सहजै बचाए । खेलको ६७ औं मिनेटमा रबि शंकर पासवानको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले मुश्किलले बचाए ।
यस बराबरीसँगै थ्री स्टारले ११ खेलमा १८ अंक जोडेको छ ।
पुलिसले ११ खेलमा ११ अंक जोडेको छ ।