काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २१ औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका हुन् ।
पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।