काठमाडौं । मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले टिम एक जुट भएको कारण कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको बताएका छन् ।
बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे ।
जितपछि सुजलले लिग जित्न पाउँदा धेरै खुशी भएको बताए ।
'खेल जित्दा खुशी छु । लिग जित्दा झन् खुशी छु । टिमले राम्रो प्रदर्शन गरेको छ,' उनले भने, 'टिम एक जुट छ । पहिले बाहिर धेरै खेल्यौं । यस्तो टिम थिएन । एक जुट भएर नै सफल भयौं ।'