पहिलो हाफमा मछिन्द्र र सातदोबाटोको बराबरी
बुधबार, ०४ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र सातदोबाटोले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
मछिन्द्र आज सातदोबाटोलाई हराएर उपाधि उचाल्न चाहन्छ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ ।
शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
पहिलो हाफमा मछिन्द्र र सातदोबाटोको बराबरी














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)