काठमाडौं । बिज एजुकेसन कन्सल्टेन्सीले मध्युपर युथ एसोसियसनलाई प्रायोजन गर्ने भएको छ ।
बुधबार आयोजित कार्यक्रममा बिज एजुकेसनले मध्यपुर युथसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो ।
बिज एजुकेसनका प्रवन्ध निर्देशक हरी कार्की र मध्यपुर युथका अध्यक्ष उपेन्द्रमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार युथ एसोसियसनले सहिद स्मारक बी डिभिजनमा रहँदा वार्षिक १० लाख प्रदान गर्नेछ ।
त्यसैगरी, ए डिभिजनमा उक्लिए बार्षिक ३० लाख प्रदान गर्नेछ ।
बिज एजुकेसनका प्रवन्ध निर्देशक हरी कार्कीले आगामी ५ वर्षसम्म मध्यपुरलाई प्रायोजन गर्ने जनाए ।
‘मध्यपुर मेरो आफ्नै क्लब हो र यसलाई सहयोग गर्नुपर्छ । अफ्नो क्लबलाई आफै राम्रो बनाउनु पर्छ । शिक्षा र खेलकुद एकै भएर जानू पर्छ भन्ने हो । अबको पाँच वर्षसम्म हामीले निरन्तरता दिने छौं,’ कार्कीले थपे ।