काठमाडौं । लिनिङ र युक्यानले मध्यपुर युथ एसोसियसनलाई पोसाक तथा खेलसामाग्री प्रायोजन गर्ने भएको छ ।
लिनिङ र युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जन र मध्यपुर युथका अध्यक्ष उपेन्द्रमान सिंहबीच बुधबार एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौता अनुसार लिनिङ र युक्यानले सहिद स्मारक बी डिभिजनमा रहेको मध्यपुर युथलाई प्रत्येक वर्ष आठ लाख बराबरको खेलसामाग्री प्रायोजन गर्नेछ ।
लिनिङ र युक्यानले मध्यपुर युथलाई जर्सी, ट्रयाकसुट, जुत्तासहितका खेलसामाग्री प्रदान गर्नेछ ।
लिनिङ र युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले आफूहरुसँग फुटबलका सामाग्री नभएपनि फुटबलप्रतिको मायाका कारण मध्यपुर युथसँग जोडिएको बताए ।
‘विगत छ वर्षदेखि सहकार्य गर्दै आइरहेका थियौ । फुटबलका सामाग्री हामीसँग नभएपनि फुटबल प्रतिको मायाले गर्दा हामी जोडिएका हौं,’ महर्जनले बताए ।
उनले मध्यपुरसँगको सहकार्य पुरानो र दिगो फुटबल विकासका लागि उदाहरणको रुपमा रहेको बताए ।
'यस क्षेत्रको शानको रुपमा रहको युथ एसोसियसनमार्फत यस क्षेत्रको विद्यार्थीहरु लाभान्वित भएको कसैबाट लुकेको छैन ।' उनले भने, 'ब्यापारिक प्रायोजन मात्र नभएर फुटबलप्रतिको मायाले पुन जोडिएको छु ।'
उनले यस सहकार्य र समझदारीले खुसी मिलेको उल्लेख गरे।