काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा बुधबारकै तेस्रो खेलमा थ्री स्टार र पुलिस भिड्ने छन् ।
कुनै बेला लिगमा यी दुई टिम भिड्दा त्यो उपाधिको होडमा निर्णायक हुन सक्थ्यो, तर अचेल यस्तो रहेको छैन् ।
विशेषत: पुलिस नेपाली घरेलु फुटबलको शक्ति रहेन, न त थ्री स्टार पहिलेको जस्तो छ । लिगका पछिल्ला पाँच संस्कणलाई पल्टाउने हो भने त्यसमा दुवैको बराबरीको स्थिति छ ।
वर्ष ०७८ मा थ्री स्टार पुलिसमाथि १–० ले विजयी रह्यो, सुशील राईको निर्णायक गोलले । वर्ष ०७५ मा भने पुलिसले थ्री स्टारलाई ३–२ ले हराएको थियो । वर्ष ०७० मा थ्री स्टार २–१ ले विजयी रह्यो ।
वर्ष ०६९ मा यी दुई टिमबीच दुई खेल भएकोमा प्रत्येकले एक एक जित निकाले । पहिलो खेलमा थ्री स्टार २–० ले विजयी रह्यो भने दोस्रोमा पुलिस २–१ ले । वर्ष ०६८ मा पनि पुलिस १–० ले विजयी रहेको थियो ।